हङकङमा फेरि अर्को स्कूल बस दुर्घटना, ९ घाइते

न्युज डेस्क/ एचकेनेपाल डट कम –

हङकङ, ११ डिसेम्बर। ४ जनाको ज्यान जाने गरि स्कूल बस दुर्घटना भएको २४ घण्टा पूरा वित्न नपाउंदै मंगलवार बिहान फेरि अर्को स्कूल बस दुर्घटनामा परेको छ।

स्कूलका विद्यार्थी बोकेको बस कोलुन टोङ बाईपासमा बिहान करीब ७ बजे दुर्घटना हुंदा चालक, सुपरभाइजर र ७ बालबालिका गरी ९ जना घाइते भएका छन्। सा टिनतर्फ गई रहेको स्कूल बस अचानक अनियन्त्रित भई सडकको दायाँ बार भत्काएर अर्को साइडमा पुगेर रोकिएको थियो।

घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ।

हिजो मंगलबार पनि नर्थ पोइन्टमा एक स्कूलबस दुर्घटनामा परेको थियो। बस रोकेर चालक निस्किने बितिक्कै खाली बस ओरालोमा गुडेको थियो। चालकले रोक्ने कोशिस गरे पनि बस ओरालोमा गुड्दै जाँदा बसको ठक्करबाट ४ जना पैदलयात्रीको ज्यान गएको थियो भने केही घाइते भएका थिए।

त्यसैगरी, गत हप्ता फनलिङस्थित निर्माणाधिन लियन टान टनेल (सुरंग) मा रोकि राखेको ट्रकले अचानक पछडि गुडेर ठक्कर दिएपछि नेपाली कामदार प्रकाश राईको दुःखद निधन भएको थियो।

हङकङमा निर्माण क्षेत्रमा ट्रकले किचेर एक नेपालीको दुखद मृत्यु! (भिडियोसहित)

फोटो सौजन्यः अनसीसी





Comments

comments

Leave a Reply

25984