संखुवासभा, खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् ।
खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् ।
एकल जीवन बिताईरहेकी फुलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ।
उनको पति टंकमान राईको केही बर्षअघि नै मृत्यु भएको थियो।
फुलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लैजाँदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । नयाँ पत्रिकामा खबर छ।