काठमाडौं, सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ ।
अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको खबर नयाँ पत्रिकामा छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो।
घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ बर्षीया सुदीप ढुंगानलाई फक्राउ गरेको । उनले नौ महिनादेखि सुधारगृहमा रहेको १४ बर्षीय बालक र २१ बर्षीय युवकलाई यौन दुराचार गर्दै आएका थिए।