काठमाडौँ। परीक्षाको प्रश्नपत्र बाहिरिँदा विद्यार्थीले निकै मानसिक तनाव त भोग्नुपर्छ नै साथै, समय, मिहिनेत र लगानीसमेत खेर जान्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेकी छिन्।
राज्यको पनि ठूलै लगानी बालुवामा पानी हुन्छ । प्रदेश २ मा एसईई परीक्षाको प्रश्नपत्र सार्वजनिक (आउट) भएपछि त्यस्तो कुकार्यमा संलग्नबाट परीक्षाका लागि राज्यले गरेको आर्थिक लगानी असुल्ने कानुन नितान्त जरुरी भएको महसुस गरिएको छ।
विगतमा परीक्षा नियन्त्रकसमेत रहिसक्नुभएका शिक्षा सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष खगराज बरालले प्रश्नपत्र छपाइ निकै झन्झटिलो हुने र पुनः छाप्नु परेमा पहिलेकै जति सबै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ भन्दै थपे, “प्रश्नपत्र सार्वजनिक गर्नेहरूलाई बिगोबमोजिमको असुल गर्नुपर्ने कानुन आवश्यक देखिएको छ ।” का लागि राज्यले गरेको आर्थिक लगानी असुल्ने कानुन नितान्त जरुरी भएको महसुस गरिएको छ।
विगतमा परीक्षा नियन्त्रकसमेत रहिसक्नुभएका शिक्षा सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष खगराज बरालले प्रश्नपत्र छपाइ निकै झन्झटिलो हुने र पुनः छाप्नु परेमा पहिलेकै जति सबै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ भन्दै थपे, “प्रश्नपत्र सार्वजनिक गर्नेहरूलाई बिगोबमोजिमको असुल गर्नुपर्ने कानुन आवश्यक देखिएको छ।” गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले समाचार लेखेकी छिन्।