काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) बाट दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो।
सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा विमानस्थल बन्द हुनेछ।
जेठ १५ पछि विमानस्थल साबिक बमोजिम खुल्नेछ । जेठ १५ पछि भने २४ घण्टा नै विमानस्थल खुल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनायो।
सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग छ । धावनमार्ग छ। धावनमार्गको ऊबेलाको पिच पूरै फालेर नयाँ पिच गर्न लागिएको समाचार नागरिक दैनिकमा छ।