राजदूत बन्न सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेको लर्को

काठमाडौं – सरकारले ६ देशमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ । राजदूत बन्न नाता जोड्दै वैयक्तिक विवरण बोकेर सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेको संख्या बढ्दो छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसामु बायोडाटाको चाङ लागेको छ । बायोडाटा बुझाउनेमा अधिकांश पूर्वकर्मचारी छन् । सरकारले अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, स्पेन, दक्षिण अफ्रिका र बंगलादेशमा राजदूत नियुक्त गर्दै छ।

अमेरिकाका राजदूत डा. अर्जुनकुमार कार्की कार्यकाल सकेर फर्कंदै छन् भने अस्ट्रेलियाका राजदूत लक्की शेर्पा विवादमा परेपछि राजीनामा दिएको पनि दुई महिना भइसकेको छ।

दक्षिण कोरिया, स्पेन र बंगलादेशबाट सरकारले राजनीतिक ‘प्रतिशोध’ साँधेर राजदूत फिर्ता गरेको तीन महिना पुग्दै छ । ती देशमा अहिले उपसचिव र शाखा अधिकृत तहका कार्यवाहकले दूतावास चलाएका छन् । दक्षिण अफ्रिकाका राजदूत अमृतबहादुर राईलाई सरकारले कार्यकाल सकिनु एक महिनाअघि फर्काएर न्युयोर्कको स्थायी प्रतिनिधि नियुक्त गरेको खबर अन्नपूर्णपोष्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।





Comments

comments

Leave a Reply

27761