काठमाडौं – नेपाल वायुसेवा निगमलाई ४ मिनेट नदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईलाई भने नियमविपरीत १७ मिनेट ढिला उडान अनुमति दिएको छ।
मंगलबार राति साढे ८ बजे विमानस्थलमा अवतरण गरेको फ्लाई दुबई ९ बजे नै फर्किनु पर्ने थियो । तर उसले अन्तर्राष्ट्रिय नियमविपरीत विमानस्थल बन्द नोटाम अर्थात नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी गरेको समयमा जहाज उडाएको समाचार राजु बास्कोटाले अन्नपूर्णमा लेखेका छन्।
चैत्र १८ देखि राति १० बजेपछि मर्मतका लागि विमानस्थल बन्द हुने गरको छ । यो समयमा उडान रोकिनु पर्ने भए पनि फ्लाई दुबईलाई नोटाम सुरु भएको समयमा उडान गर्न विमानस्थल कार्यालयको भनाइ छ।
अघिल्लो मंगलबार भने निगमको जहाजले ४ मिनेट मात्र ढिलो हुँदा उडान रोकिनु परेको थियो । फ्लाई दुबईले ढिलो गर्दा पनि अनुमति पाएपछि यसको आलोचना भएको छ।