चिनियाँ जहाजबाट निगमलाई ६० करोड घाटा

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उदाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६ औँ वार्षिक प्रतिवेदनअनुसार निगमलाई २०७४ ७५ मा उक्त घाटा भएको समाचार राजु बास्कोटाले अन्नपूर्णमा लेखेका छन्।

निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ मार्फत २८ करोड ९७ लाख गरी वर्षमै ६० करोड ६१ लाख रुपैयाँ खुद घाटा भएको प्रतिवेदनमा उल्लेख छ । २०७५ ७५ को एक आर्थिक वर्षमा एमए ६० ले २० करोड ६४ लाख सञ्चालन आम्दानी गरेको थियो । एक वर्षमा भएको खर्च घटाउँदा एमए ६० मा मात्रै ३१ करोड ६४ लाख खुद घाटा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

28129