Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’ – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

मुगु – आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन्।

अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए।

मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँ लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छिन्।

उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारमा कोहि साक्षर छैनन् । विद्यालयबाहेकको सयममा उनी घरायसी कामकाजमा व्यस्त हुने गरेकी छिन्। यो समाचार कान्तिपुर दैनिकमा राजबहादुर शाहीले लेखेका छन्।





Comments

comments

28150