फेसबुकमा जीवितभन्दा ‘मृत प्रयोगकर्ता’ बढी

फेसबुकका कुल प्रयोगकर्तामध्ये जीवितभन्दा मृतकको संख्या बढी हुने एक अध्ययनले देखाएको छ।

अहिलेकै दरमा प्रयोगकर्ता बढ्ने हो भने सन् २१०० सम्ममा फेसबुकमा ४ अर्ब ९० करोड मृत सदस्य पुग्ने बेलायती अनुसन्धानकर्ताले जनाएका छन् । गत वर्षयता प्रयोगकर्ताको वृद्धि रोकिए पनि आगामी दुई वर्षपछि फेसबुक प्रयोग गरिसकेका मृतकको संख्या एक अर्ब ४० करोड हुने सो अध्ययनले देखाएको छ।

यस तथ्यांकका आधारमा सन् २०७० सम्ममा जीवितभन्दा फेसबुकका मृत सदस्य बढी हुनेछन् । यस्तो अवस्थामा ‘युजर्स’ शब्द गलत हुने अध्ययनको विश्लेषण छ । मृत मानिसले फेसबुक प्रयोग गर्दैनन् । तर, उनीहरूको तथ्यांक जीवितै हुने र मृत्यु हुनुअघि फेसबुकमा पोस्ट गरेका सेल्फी, जीवनशैलीका अपडेट र उनीहरूका विरोधाभासपूर्ण अभिव्यक्तिको भविष्य अर्को जटिल विषय बनेको अनुसन्धानकर्ताको भनाइ छ।

राष्ट्रसंघको जनसंख्यासम्बन्धी तथ्यांक र फेसबुकको अडियन्स इन्साइट टुलको सूचनामा आधारित सो अनुसन्धानले विभिन्न प्रश्न उठाएको छ । ‘ती तथ्यांकको हकदार को हुने ? मृतकको परिवार तथा साथीहरूको इच्छामा ती तथ्यांकलाई कसरी व्यवस्थित गर्ने र विगत बुझ्न भावी इतिहासकारले यसलाई कसरी प्रयोग गर्ने ?’ अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युट (ओएलएल) का कार्ल ओहमानले एक विज्ञप्तिमा भने।

‘इतिहासमा यसअघि मानवीय स्वभावको यति ठूलो अभिलेख कहिल्यै भेटिन्नथ्यो,’ अनुसन्धानका सहलेखक डेभडी वाटसनले भने, ‘संस्कृति एउटै स्थानमा जम्मा भएको छ ।’ उनले थपे, ‘यो अभिलेख नियन्त्रण गर्नुको अर्थ हाम्रो इतिहास नियन्त्रण गर्नु हो ।’ फेसबुकजस्तो एक नाफामुखी संस्थाको हातमा यी तथ्यांकको पहुँच दिन नहुने उनले बताएका छन्।

फेसबुकलाई प्रयोगकर्ताको तथ्यांक कसरी राम्रोसँग हेरचाह गर्ने विषयमा जानकारी नभएको बताइन्छ । अकाउन्टलाई स्मरण गराउन फेसबुकका जीवित प्रयोगकर्ताले आफ्नो मृत्युपछि बिरासत छान्न सक्ने र ती उत्तराधिकारीले वास्तविक प्रयोगकर्ताको मृत्युपछि फेसबुकको अकाउन्टको तथ्यांकमाथि पहुँच पाउनुपर्ने विज्ञहरूको सुझाब छ। नयाँपत्रिका खबर छ।





Comments

comments

28775