नागरिकबीच आपसी सहकार्य गर्न युपीएफ नेपाल र अमेरिका च्याप्टरबीच सम्झौता

काठमाडौं: राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्को महासमिती सल्लाहकार (UNECOSOC) को मान्यता प्राप्त संस्था युनिर्भसल पीस फेडेरेसन नेपाल र अमेरिकन च्याप्टरका बीचमा आपसी हित र पारस्पारिक सहयोग बारेको समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सोमबार न्यूयोर्कस्थित होटल न्यूयोर्कर स्थित यू.पी.एफ. कार्यालयमा हस्ताक्षर गरिएको युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले जानकारी दिए।

सो समझदारीमा भाइचारा, विकास आदान प्रदान, फेडेरेसनको दुबै च्याप्टरको आपसी हितका लागि ज्ञान र सहयोगको आदान प्रदान गर्ने र आपसी सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

युनिर्भसल पीस फेडेरेसन शान्तिका लागि समर्पित विविध क्षेत्रका प्रतिनिधि व्यक्ति तथा संस्थाहरूको अन्तधार्मिक तथा अन्तर्राष्ट्रिय संजाल हो। युपीएफले संयुक्त राष्ट्रसंघीय दीगो विकास लक्ष्य हासिल गर्न तथा संयुक्त राष्ट्रसंघका अन्य विविध कार्यक्रमहरु प्रबर्द्धनका लागि सहयोग गर्दै आइरहेको छ।

समझदारी पत्रमा युर्निसल पीस फेडेरेसन नेपालका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र यू.पी.एफ.अमेरिकाका च्याप्टरका सभापति डा. माइकल ज्याङ्किन्सले हस्ताक्षर गरका हुन् । ‘यो समझदारीले दुई मित्रराष्ट्र नेपाल र अमेरिकाका नागरिकलाई आपसी पारस्पारिक हितको कार्यका लागि अझै नजिक ल्याएको छ’ युनिर्भसल पीस फेडेरेसन नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले जानकारी दिए।





Comments

comments

29352