काफल बेचेर कलेज खर्च जुटाएकी काफलवाली गीता खत्री सम्मानित

सन्धिखर्क: कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन। त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान। काफलवाली अर्थात गीता खत्री।

अर्घाखाँचीको सन्धिखर्कस्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन् २२ वर्षीय गीता । उनले काफल बेचेरै यस वर्ष ७५ हजार रुपैयाँ हात पारिन् । सन्धिखर्क–गोरुसिंगे सडकको नरपानीबाट घुम्तीसम्मको क्षेत्रमा उनले गाडीका यात्रुलाई काफल बेचेकी थिइन् । उनी अर्घाखाँचीकै सन्धिखर्क–६ नरपानी उपल्लो जगातकी हुन्।

घरको आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले भनिन्, ‘पढ्का लागि पैसो जुटाउन काफल बेचेकी हुँ । केही काम गरौं न भने पाइँदैन । त्यसैले जंगलमा गएर काफल टिपेर बेचें । कमाइ पनि राम्रै भयो । अब मलाई यस वर्ष पढाइ खर्चको चिन्ता छैन।’

नरपानीका धेरै महिला जंगलको काफल टिपेर बेच्छन् । गाउँका भाउजू र आमाहरूले जंगलमा गएर काफल टिपेर बाटोमा बेच्ने गरेको देखेपछि आफू उत्साहित भएको उनले बताइन् । उनले भनिन्, ‘पहिलापहिला त लाज पनि लाग्थ्यो । लाज मानेर के गरुँ ? पैसो र पढाइ सम्झन्थें । पछि बानी पर्यो । अहिले खुसी छु।’ यो खबर प्रेमनारायण आचार्यले अन्नपूर्णपोष्टमा लेखेका छन्।





Comments

comments

29659