भारु दुई सयको नोट नेपालमा नचल्ने

सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो। नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन्।

त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ। कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। यस्ता ऋण सरकारले तिरिदिने उनले बताए। यो समाचार नेपाल समाचारपत्रमा छ।





Comments

comments

30153