चलचित्र ‘घरजम’ को हङकङमा ग्राण्ड प्रिमियर शो हुने

घरजम चलचित्रको एक दृश्य

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ अगष्ट। हङकङमा बसोबास गर्ने चलचित्रकर्मी मौसम लिम्बू ईम्बुङद्वारा निर्देशित चलचित्र ‘घरजम’ को प्रिमियर शो हङकङमा हुने भएको छ।

निर्देशक लिम्बूले दिएको जानकारी अनुसार सेप्टेम्बर १५ तारिख आइतबार साँझ साढे ७ बजे हुङ हमस्थित वाम्पो हाउसको गोल्डेन हार्वेस्ट सिनेमा हलमा ग्राण्ड प्रिमियर शो हुने भएको छ।

चलचित्र घरजमको टिजरसमेत सार्वजनिक भइसकेको छ। प्रेमकथामा आधारित सामाजिक चलचित्र मौलिक प्रस्तुतिमा निर्माण भएको निर्देशक लिम्बूले जानकारी दिए। अत्यन्तै राम्रो चलचित्र बनेकोले टिजर हेरेर सबैलाई शेयर गर्न निर्देशक लिम्बूले आग्रहसमेत गरेका छन्।

रोमियो फिल्म्स प्रोडक्शन प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा बुद्धि तामाङ र श्रृजना सुब्बालगायत चर्चित कलाकारहरुको अभिनय रहेको छ। चलचित्र घरजमका निर्मातामा किशोरकुमार लिम्बू र सीताकुमारी तुम्बापो रहेका छन्। सह-निर्मातामा तेज मेन्याङबो रहेका छन्।

उपेन्द्र सुब्बाको लेखनमा तयार भएको चलचित्र ‘घरजम’ लाई मौसम लिम्बू ईम्बुङले निर्देशन गरेका छन्।





Comments

comments

31415