सञ्चारकर्मी रवि लामिछाने ५ दिन थुनामा

आफ्ना समर्थकलाई हात हल्लाउंदै रवि लामिछाने

एचकेनेपाल डट कम –

चितवन, न्युज २४ का चर्चित टिभि कार्यक्रम सीधा कुरा जनतासंगका प्रस्तोता रवि लामिछानेलाई ५ दिन थुनामा राख्ने भएको छ।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा रवि लामिछानेसहित पक्राउ परेका अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै ५ दिन हिरासतमा राख्न म्याद थप गरेको छ।

न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन्।

रवि लामिछानेको रिहाईको माग गर्दै उनका समर्थकहरुले नाराबाजी गरेका थिए।

साउन २० गते पत्रकार पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा फेला परेका थिए। उनले मृत्युअघि खिचिएको दुई सेल्फी भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आफ्नो मृत्यु कारण बताएका थिए। पुडासैनीले माउण्टेन टिभिमा मिसन न्युज चलाउनअघि रवि लामिछानेसंगै काम गरेका थिए।





Comments

comments

31422