Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकन परेडमा नेपाली सांस्कृतिक झाँकीको प्रदर्शन

विजय थापा / एचकेनेपाल डट कम –
मंसिर २१, डिसी। अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा हरेक बर्ष क्रिसमस(ईसाई दिवस) को अवसरमा मनाईने परेडमा अमेरिकाको जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटीले आफ्नो पहिचान, नेपाली संस्कृति र भेषभूषालाई झल्काउदै बिभिन्न देशका सांस्कृतिक झाँकी साथ सहभागिता जनाएको छ।

सांस्कृतिक जुलूसमा अमेरिका नेपाल सोसाईटीका सभापति जीवन तिवारीको नेतृत्वमा समितिका सदस्य तथा अन्य अतिथिहरुको सहभागिता रहेको थियो। परेडमा पुरुषहरुले दौरा सुरुवाल, महिलाहरुले रातो फरिया र नेपालको झन्डासहित पहिलो पटक सांस्कृतिक झाँकीमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको सभापति तिवारीले बताए।

सांस्कृतिक परेडमा बिभिन्न देशका गरी १ सय १० समूहहरुको सहभागिता रहेको थियो भने जुलूसमा नेपालका चर्चित गीतहरु आंधी खोला उर्लेर आउंदा, च्यान्गबा है च्यान्गबा तथा अन्य गीत घन्काई शहर परिक्रमा गरिएको थियो।

परेडमा ३५ बर्ष अगाडि नेपालको भ्रमण गरेका अमेरिकन रेडक्रसका एक स्वयम् सेवकले नेपालको झन्डा र जुलूसमा सहभागिता हुन आएका नेपालीहरु देख्दा नेपाल देश बिश्व कै उत्कृष्ट पर्यटन देश भएको आफूलाई लागेको सभापति तिवारीलाई बताए। परेडमा सहभागी हुने सबैलाई सभापति तिवारीले धन्यबाद दिएका थिए।





Comments

comments

3166