Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आफन्तबाट बेचिएकी युवती नेपाल फर्कदै

नवराज बस्नेत / एचकेनेपाल डट कम –
युएई, ७ डिसेम्बर। आफन्तबाटै बेचिएर भारत हुदै युएई पुगेकी शान्ता मिजार(१९) नेपाल फर्कदैछन्।

काभ्रे भकुन्डेबेशी स्थायी घरभएकी शान्तालाई आफ्नै सानीआमाको छोरी सिन्धुपाल्चोक बस्ने मिना बिसुन्ति र सोही स्थान बस्ने रामबहादुर तामांगले काठमाडौँ पुर्याएका थिए। काठमाडौं सिनामंगलमा ४ दिनको बसाईपछि रामबहादुर र निजकी श्रीमती कविताले २/४ दिन भारत घुमेर आउने भन्दै फकाएर दिल्ली पुर्याएका थिए।

२०७१ साल जेष्ठ १४ गते काठमाडौँबाट माइक्रोबसमा हेटौडासम्म र रात्रि बसमा झापाको चन्द्रगढी पुगेकी शान्तालाई ३ घन्टा पैदल हिडाई दार्जलिङ पुर्याईएको थियो। दार्जलिङबाट रेलमा दिल्ली पुगेको सम्झना गर्छिन् शान्ता।

बाटोमा प्रहरी वा अन्यले सोधपुछ गरेमा सामान खरिद गर्न जान लागेको भन्नुपर्छ भनेर सिकाइन् कविताले। दिल्लीमा १० दिनको बसाईपछि हामी केही दिनमा नेपाल आउछौ तिमी प्लेनमा जानु भनि झुक्याएर दुबई पठाएको बताउछिन् शान्ता।

दुबईमा उनलाई लिनको लागि कार पर्खिरहेको रहेछ। कारमा चढेको ४५ मिनेटपछि एउटा घरमा पुर्याइयो जहाँ श्रीलंकाको महिला थिइन्। एक दिन पछि काम सुरु भयो। घरको हरेक काम गर्नु पर्दथ्यो कोहीसंग बोल्न दिएनन्। आफन्त त कोही थिएन त्यो बिरानो मुलुकमा तर घरमा फोन गर्न समेत दिएनन् शान्ता सम्झना गर्छिन्।

संगै काम गर्ने साथीको मोबाइलबाट नेपाल(घर) मा फोन गरेर सबैकुरा बताए। मेरो आफन्तले उक्त न् जिफन्ट सपोर्ट ग्रुपका युएइका दीपक राउतलाई उपलब्ध गरिएछ। त्यसपछि सेप्टेम्बर ३० का दिन नेपाली प्रवासी श्रमिक संघ युएई र सिन्धुपाल्चोक सेवा समाज यूएईको पहलमा समस्यामा परेकी शान्तालाई उद्धार गरी दूतावास पुर्याइएको थियो। नेपाली राजदूतावास आबुधाबिको महिला सेल्टरमा बस्दै आएकी शान्ता दूताबास, नेपाली प्रवासी श्रमिक संघ र अन्य सामाजिक संघ सस्थाको पहलमा छिट्टै नेपाल फर्कदै छन्।





Comments

comments

3164