Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा आनीको एकल सांगीतिक कार्यक्रम

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २० मंसिर। सुमधुर स्वरकी धनी आनी छ्योइङ डोल्माले शनिवार पोखरासभागृह संगीतमय बनाइन्। कास्की सराङकोट ६ लेकसाईडस्थित निर्माणाधीन उर्गेन छ्योएलिङ बौद्धिष्ट गुम्बा सहयोगार्थ कोल्मा बहाकोट तमु समाज पोखरा र उर्गेन छ्योएलिङ गुम्बाद्धारा पोखरामै पहिलो पटक शनिवार पोखरासभागृहमा सम्पन्न धार्मिक लामा नृत्य तथा आनी एकल सांगीतिक कार्यक्रम २०७१ मा गायिका आनी छ्योइङ डोल्माले गाएकी ९ वटा गीतमा सहभागीहरुले पनि सँगै गाएर पोखरासभागृह संगीतमय बनेको हो।

कार्यक्रममा सुमधुर स्वरकी धनी आनीले बुद्ध बचन बोलको अध्यात्मिक गीतबाट गायन शुरु गरी मिठो मुस्कान, बतास चल्यो, बटुवा हुँ बटुवा, चुलबुले मनको स्वभाव, म त ठूलो हुदै होइन तिमी पनि होइन देश भन्दा ठूलो अरु केही छैन, जय होस तिम्रो मंगल होस, फूलको आँखामा फूलै संसार, नयाँ आउन लागेको गीत ओम मने पेमे होम, जति जति दान प्रदान गरे अरु हित हुन्छ भन्ने गीत प्रस्तुत गर्दा गीतमा साथ दिएका दर्शक श्रोताहरु अत्यन्तै अनुशासित देखिन्थ्यो।

कार्यक्रममा लामा कलाकारहरुले पोखरामै पहिलोपटक अध्यात्मिक एवं तान्त्रिक नृत्यहरु झिग्भेव(आशिषवर्षा नृत्य), श्यानाग(कालमुकुट नृत्य), छोग्लेन(गणधारण नृत्य), घिङ(दुत नृत्य) प्रस्तुत गरेका थिए। दर्शकहरुको बृहत सहभागीता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि एवं गायिका आनी छ्योइङ डोल्माले दीप प्रज्वलन गरी उद्घाटन गरेकी थिइन्।

कार्यक्रममा कास्की आवाजका अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी सरस्वती गुरुङ र मैत्री बुद्ध तमु समाज काठमाडौंका अध्यक्ष मेजर हरिबहादुर गुरुङले शुभकामना मन्तव्य र खेम्पो फुर्वा टेम्पाले धार्मिक नृत्यको बारेमा जानकारी दिएका थिए। कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार गुप्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका पूर्वअध्यक्ष एवं उर्गेन छ्योएलिङ गुम्बाका उपाध्यक्ष तेजबहादुर गुरुङले स्वागत र चर्चित नेपाल टेलिभिजन प्रस्तोता अनिता विन्दुले कार्यक्रम सञ्चालन गरेका थिए।





Comments

comments

3172