Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मन्त्रिपरिषदले जन्मदिन मनाउन १ करोड दियो

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपाली कांग्रेसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको जन्म दिन मनाउन एक करोड रुपैयाँ दिने निर्णय गरेको छ।

उपचार र आर्थिक सहायताका नाममा नेता र उच्चपदस्थ तथा तिनका नातेदारलाई जथाभावी रकम बाँडेको आरोप खेप्दै आएको सरकारले सिंहको जन्मदिन मनाउन मात्रै यत्रो रकम खर्च गर्न लागेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

गणेशमान सिंह स्मृति प्रतिष्ठानलाई जन्मशताब्दीका उपलक्ष्यमा रकम दिनुपरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यद्वारा मन्त्रिपरिषद्मा पेस गरिएको प्रस्तावमा उल्लेख छ।

यसैगरी बीपी कोइरालाको शतवार्षिकी समारोह भारतमा मनाउनका लागि पनि सरकारका तर्फबाट ८ लाख रुपैयाँ दिने निर्णय सोही बैठकले गरेको छ।





Comments

comments

3162