सेतो पुतली यसरी गुमाउंछ आँखाको ज्योती…

सेतो पुतली आतंक

पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन्।

यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए।

विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक हुने चिकित्सक बताउँछन्। यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ।

उनका अनुसार यो सेतो पुतली उड्दै गर्दा मानव आँखामा ठोकिएमा वा यसका रौँ कुनै कारणवश आँखामा परेमा रोग लाग्न सक्छ। यो समाचार राजधानी दैनिकमा विजय नेपालले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31767