लिलाम हुन सकेन ३१ वर्ष पुरानो निगमको बोइङ

फाइल फोटो

नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ (गण्डकी) दोस्रो पटक पनि लिलाम हुन सकेन।

विमान खरिद गर्न प्रस्ताव गर्ने दुवै कम्पनी अयोग्य भएका छन्।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रकाअनुसार एबीएन नामको इजरायली कम्पनीले इमेलबाट र अर्को प्रस्ताव कम्पनीले बिना ठेगाना बोलपत्र बुझाएकाले दुवै नेपालको कानुनअनुसार अयोग्य भएका हुन्।

निगमले यसअघि असार ११ गते ३० दिनको लिलामी सूचना जारी गरेको थियो।

निगमले पहिलोपटक सूचना जारी गर्दा अल्फा चार्ली ब्राभो कलसाइनको उक्त जहाजको ६१ करोड र त्यसका ६०० हाराहारीका स्पेयर्स पाट्र्ससमेत गरी रु ८७ करोड न्यूनतम मूल्य तोकेको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31788