वाङ यीको ‘विशेष निर्णय’ कुर्दा रोकियो केरुङ–काठमाडौँ रेल्वे

फाइल फोटो

नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र बीआरआई सहयोगमा समेत प्रस्तावित केरुङ–रसुवागढी–टोखा रेल्वे परियोजनालाई अगाडि बढाउन राजनीतिक तत्परताको खाँचो देखिएको छ।

यसको पूर्वसम्भाव्यता अध्ययनपछिको सम्पूर्ण प्रक्रिया हाल रोकिएको अवस्थामा छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पछिल्लो समय रेल्वे परियोजनामा खासै चासो देखिएको छैन। ‘रेल्वे लिंकसम्बन्धी पूर्वसम्भाव्यता अध्ययनपछि सबै प्रक्रिया रोकिएको स्थिती हो,’ उनले भने।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग सोमबार काठमाडौँमा सुरु हुने मन्त्रीस्तरीय संयन्त्र बैठकले रेल्वे लिंकबारे विशेष निर्णय लिएमा मात्र यो पक्रिया अघि बढ्न सक्ने अवस्था छ। यो समाचार कान्तिपुर दैनिकमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31797