Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुई नाबालक छोराछोरीको हत्यापछि बाबुले गरे आत्महत्या

मोरङ, २२ मंसिर। श्रीमतीले अर्कोसित बिहे गरेको तनावमा मोरङ, बेलबारीका एक व्यक्तिले आफ्ना दुई नावालक छोराछोरीको हत्या गरी आत्महत्या गरेका छन्।

बेलबारी २ का तारजुन राईले आइतबार बिहान ५ वर्षीय छोरी दिपिकाको हत्या गरी आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। बिहान ५ बजे घरभन्दा केही पर लोहन्द्रा खोलाको बगरमा रहेको कटेजनजिक प्लाष्टिकको पासो बनाएर पहिले छोराछोरीलाई झन्ड्याएको पाइएको र त्यसपछि उनले झुन्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ। बालबालिकाकी हजुरआमाले नदेखेपछि खोजी गर्दा तीनै जना झुन्डिएको अवस्थामा फेला परेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।





Comments

comments

3182