Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुर्खेत बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौं, २२ मंसिर। सुर्खेतको पोखरीकाँडा गाविस–९ स्थित कालेखोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ।

कालिकोटबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको ना ४ ख ६८५७ नम्बरको बस आइतवार दुर्घटना हुंदा ४९ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

बसका चालक छिन्चु सुर्खेतका २४ वर्षीय मिनबहादुर बुढा, बाजुरा गोत्रिका ५० वर्षीय मुनराज विष्ट र सोही ठाउँका ४० वर्षीय पंखे सार्कीको मात्र सनाखत भएको प्रहरीले जनाएका छ।

क्षमताभन्दा बढी यात्रु सवार रहेकाले बस दुर्घटनामा परेको जनाइएको छ। बस पोखरीकाँडामा भिरबाट कम्तीमा ५ सय मिटर तल खसेको छ।





Comments

comments

3176