Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाओवादीको ऋण एक अर्ब

काठमाडौं, २२ मंसिर। युद्धकालदेखि नै ऋणमा रहेको एमाओवादीका कमिटिहरु दुईपटकका संविधानसभा निर्वाचनले चुर्लुम्म डुबेका छन्। शान्तिप्रक्रियामा र संविधानसभा चुनावसम्म गरी करिब एक अर्ब ऋणमा छ एमाओवादी।

दुईपटक भएको संविधानसभा चुनावका लागि र कतिपय ठाउँमा निजी प्रयोजनका लागि लिएको ऋण तिर्न नसक्दा धेरै नेता नतावमा छन्। कतिपय नेताले ऋण तिर्न नसकेर जिल्ला आउजाउ गर्नै घटाएका छन्।

पाँचथरका पूर्व जिल्ला इन्चार्ज तथा सभासद् श्रीप्रसाद जबेगुले चुनाव प्रचारमा गाउँ जाँदा ‘ऋण कहिले तिर्ने’ भनेर साहुहरुले उल्टै हप्काएको र अदालत जाने चेतावनी सुनाएको बताए। पछिल्लो पटक संविधानसभा चुनावमा कार्यकर्तालाई खुवाएको खाना, माइक र मञ्च व्यवस्थापनसम्मको रकम एमाओवादीले अझै तिर्न सकेको छैन।

केन्द्रले जिल्लामा लिइएको ऋण स्थानीयस्तरबाटै व्यवस्थापन गर्न निर्देशन दिएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ। तर,जिल्लाले सकेको छैन। जिल्ला नेतृत्व चाँडोचाँडो फेरिने र पार्टी अन्तरसंघर्षको समस्याले ऋण व्यवस्थापन जटिल बनेको नेताहरु बताउँछन्।

एमाओवादीको अहिले मासिक आम्दानी केबल १० लाख मात्रै छ। यो आम्दानी पनि सभासदहरुबाट हुने गरेको हो। यसैबीच, दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही ४ मा भएको खर्चमध्ये झन्डै ४० लाख रुपैयाँ अझै तिर्न बाँकी छ। यो क्षेत्रबाट बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनाव लडेका थिए।





Comments

comments

3178