Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कति महँगो लभ लेटर ?

काठमाडौ, २२ मंसिर। अभिनयमा भन्दा मोडलिङमा बढी नाम कमाएकी अमेरिकी सेक्स सिम्बोल मर्लिन मुनरोको जीवन ३६ वर्षमै सकिएको थियो। १६ वर्षकै उमेरमा पहिलो विवाह गरेकी उनले जीवनमा तीन विवाह गरिन्। तर तीनै विवाह डिभोर्समा गएर टुंगिएका थिए।

पहिलो बिहे प्रहरी अधिकृत जेम्स डौघर्टीसँग गरेर चार वर्ष टिकाएकी मर्लिनले दोस्रो विवाह अमेरिकी बेसबल खेलाडी जोय डिम्यागीओसँग गरिन्। तर दोस्रो बिहे त हनिमुन समयमै संकटग्रस्त भयो। हनिमुनका लागि जापानको टोकियो पुगेकी मर्लिन त्यहीँबाट एकाएक परफर्मेन्सका लागि कोरिया पुगिन्। खटपट त्यसपछि सुरु भयो र केही महिनामै वैवाहिक सम्बन्ध टुंगियो।

जोयसँगको विवाह टुंगिए पनि दुई बीचको प्रेमले भने अझै चर्चा पाइरहेको छ। मर्लिनले आफूसँग डिभोर्स गर्ने थाहा पाएपछि जोयले प्रेममा पागल भएर चिठी लेखेका थिए, मर्लिनलाई। ‘डियर बेबी’ भनेर सम्बोधन गरिएका तीन सय थान लभ लेटरहरू शनिबार लिलामी बढाबढमा मोटो रकममा बिक्री भए। ७८ हजार अमेरिकी डलरमा। ती चिठीका क्रेताको परिचय भने गोप्य राखिएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

त्यसैगरी मर्लिनले आफ्ना तेस्रो तथा अन्तिम पति अथर मिलरलाई लेखेका केही चिठी पनि शनिबारकै लिलाम बढाबढमा साढे ४३ हजार डलरमा बिक्री भएका छन्।





Comments

comments

3184