तमुधिं यूकेको अन्तरक्रिया कार्यक्रम

सुमलकुमार गुरुङ / एचकेनेपाल डट कम-
लण्डन। मिचेट ह्याम्पशायरस्थित तमुधिं यूकेको सभाहलमा भव्य समारोहबिच तमुजातिको संस्कृति, संस्कार, भेषभूषा तथा भाषा साहित्यबारे क्या.रि. राजु गुरुङ तथा सहसंयोजक हरि गुरुङको सहसंयोजन तथा अथक प्रयामा शनिवार पहिलो बृहत अन्तरक्रिया कार्यक्रमा सम्पन्न भएको छ।

कार्यक्रमका संयोजक क्या.रि. राजु गुरुङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका लागि यूकेमा रहेका ६२ वटा तमु गाउले, क्षेत्रीय तथा अन्य संघसंस्थाहरुमध्ये ५९वटा संस्थाहरुले सहभागिता जनाएको थियो। कार्यक्रमका लागि कार्यपत्र प्रस्तुत गर्नेहरुमा बेलायतका तमु बौद्धिक व्यक्तित्वहरु क्रमशः सह–प्राध्यापक नारायण ल्हेंगे तमु, साहित्यकार तथा समाजसेवी सुमलकुमार गुरुङ र पूर्व प्राध्यपक तथा संस्कृतिकर्मी एकेन्द्र गुरुङ रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथिहरुमा तमुधिं यूकेका अध्यक्ष कमल गुरुङ तथा प्येल्हुसंघ यूकेका अध्यक्ष सोम गुरुङ रहेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका तमु बौद्धिक व्यक्तित्वहरुको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप गरिमा बढाएको थियो। गैरआवासीय नेपाली संघका संरक्षक हितमान गुरुङ, एमबीई गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद बेलायत च्याप्टरका पूर्व अध्यक्षद्वय सुर्य गुरुङ तथा डम्बर गुरुङ, एमबीई, तमुधिं यूकेका महिला समितिकी अध्यक्ष पुनम गुरुङ तथा यस संस्थासंग आबद्ध महिलाहरुको समेत सहभागिता रहेको थियो।

कार्यक्रलाई सहसंयोजक हरि गुरुङले स्वास्थ्य सुरक्षाबारे जानकारी गराउँदै सबै सहभागी संघसंस्थाका सूची वाचन गरेर सम्बोधन गरेका थिए। कार्यक्रमलाई विधिवत् अतिथिद्वयद्वारा द्वीप प्रज्वलन गरेर शुरु गरेको थियो । सर्वप्रमथ क्या.रि. राजु गुरुङले यस कार्यक्रमको औचित्य, तमुहरुको वर्तमान संस्कार, संस्कृति तथा परम्पराबारेको. अवस्थाबारे प्रकाश पारेका थिए।

तमुधिं यूकेका अध्यक्ष कमल गुरुङको छोटो मन्तव्य पश्चात शुरु गरिएको कार्यक्रममा सर्वप्रथम नारायन ल्हेंगे गुरुङले तमुहरुको संक्षिप्त ईतिहास केलाउँदै गुरुङ जातिको यथार्थ र भ्रमलाई आफ्नो कार्यपत्र प्रस्तुत गर्दै प्रष्ट्याएका थिए। तीनै जना कार्यपत्र प्रस्तोतहरुलाई पर्याप्त समय दिएको थियो। नारायन ल्हेंगे गुरुङको कार्यपत्र प्रस्तुतिपछि कार्यपत्रको छलफल तथा सबै प्रस्तोताहरुले कार्यपत्र प्रस्तुत गरिसकेपछिमात्र अन्तरक्रिय सञ्चालन गरिने अभिव्यक्ति सभाध्यक्ष क्या.रि. राजु गुरुङले सहभागीहरुलाई सम्बोधन गरेका थिए। पहिलो कार्यपत्र प्रस्तुति पश्चात छोटो ब्रेक लन्चका लागि कार्यक्रम विसर्जन गरिएको थियो।

कार्यक्रमको लागि लन्चको व्यवस्था गोर्खा प्यालेस, बेईजिंग नुडल्स तथा विभिन्न रेस्टुरेन्टहरुले गरेका थिए । छोटो ब्रेकपछि फेरी कार्यपत्रको प्रस्तुती शुरु भएको थियो । दोश्रो कार्यपत्र प्रस्तुति सुमल कुमार गुरुङले गुरुङ भेषभूषा तथा तमु भाषा साहित्यबारे प्रस्तुत गरेका थिए । उनले कार्यपत्र पावरप्वाईन्टको माध्यमबाट विभिन्न तमुहरुहरुको भेषभूषा, संक्षिप्त भाषा र साहित्यको ईतिहासलाई समेटेर प्रस्तुत गरेका थिए। त्यसपछि कार्यक्रमको अन्तिम प्रस्तोता एकेन्द्र गुरुङले तमुहरुको संस्कार सम्बन्धि प्रकाश पारेका थिए । उनले ट्हो त्हेँ, घाँटू, छ्याडु तथा तमुहरुको चलचित्रहरु सम्बन्धि कार्यपत्र मार्फत बृहत प्रकाश पारेका थिए । दिनको १२ बजेदेखि शुरु भएको कार्यपत्रहरुको प्रस्तुती अत्यन्त रोचक तथा सौहाद्र्धपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

कार्यपत्रको अन्तिम प्रस्तुती समाप्त हुँदा साढे पाँच बजिसकेको थियो । लामो समयसम्म अत्यन्त धैर्य धारण गरेर, शालीनताका साथ कार्यपत्र प्रस्तोताहरुको प्रस्तुती सुनेर बसेका दर्शकदिर्घबाट पालैपालो उठेका जिज्ञासाहरु प्रस्तोताहरुलाई राखेका थिए । तीनै जना प्रस्तोताहरुले उठेका जिज्ञासाहरु उपर आ–आफ्नो धारणा व्यक्त गरेर छलफल गरिएको थियो।

कार्यक्रमको अन्ततिर क्या.रि. राजु गुरुङले सहभागीहरुलाई उपस्थित भईदिएकोमा आभार व्यक्त गर्दै अब फेरी अर्को अन्तरक्रिया कार्यक्रम २०१५ सालको अप्रिल महिनातिर सम्पन्न गरिने कुरा हललाई अवगत गराएका थिए । अन्तमा सम्पूर्ण कार्यपत्रहरुको प्रस्तुतीलाई समिक्षात्मक अभिव्यक्ति जित गुरुङले व्यक्त गरेका थिए । कार्यक्रमलाई तमु प्येल्हु संघका अध्यक्ष सोम गुरुङले धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए । यस कार्यक्रम पश्चात त्यहि सभाहलमा बेलुकी साढे सातबजेबाट नेपालको तमु प्रत्तिष्ठानको लागि आर्थिक सहयोग उपलब्ध गराउने ध्येयले च्यारिटी डिनर नाईटको पनि आयोजना गरिएको थियो । डिनर नाईटको संयोजन तमुधिं यूकेका पूर्व अध्यक्षद्वय मिन गुरुङ तथा मुछेत्र गुरुङको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रमलाई सुर्य गुरुङले सञ्चालन गरेका थिए।





Comments

comments

3188