Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली कला संस्कृति झल्कने फोटो तथा चित्रकला प्रदर्शनी

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
नेपालीहरुको कला संस्कृतको पहिचाहन गराउने उद्धेश्यले कोलोराडो युनीभर्सीटी बोल्डरमा नेपाल सम्बन्धि फोटो, चित्रकला, हस्तकला तथा डकुमेन्ट्री प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।

नेप्लीज स्टुडेन्ट एसोशियसन कोलोराडो युनीभर्सीटी बोल्डरले आयोजना गरेको कार्यक्रममा नेपाली स्थानीय अमेरीकी तथा विश्वका विभिन्न मुलुकबाट कोलोराडो युनीभर्सीटी बोल्डरमा अध्यानरत छात्र छात्राहरुको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रममा नेपालको राजधानी काठमाण्डौं उपत्यका भित्रका प्रसिद्ध स्थानहरु पशुपती, स्वयम्भु, बौद्ध, पाटनको कृष्ण मंन्दिर, मंगलबजार, असन, ईन्द्रचोक, भक्तपुर दरबार स्क्वायर, पोखरा, सगरमाथा, मनकामना, लुम्बीनी, फोटो तथा चित्रकलाहरु प्रदर्शन गरिएको थियो। त्यसैगरी, तराई पहाड, उपत्यका तथा उच्च हिमाली भूभागमा बस्ने नेपालीहरुको रहन सहन, भेषभूषा झल्कने फोटोहरु पनि प्रदर्शनीमा संगटिएको थियो। प्रदर्शनी कक्षमै कतिपय महिलाहरुले नेपाली तथा अन्यलाई मेहन्दी लगाउन व्यस्त थिए।

सोही समारोहमा विश्वको अनुपम तथा सुन्दर देश नेपालमा गरिवी, तथा राजनैतीक अवस्था स्थिर नहुदा देशमा रोजगारीको अभावमा रोजगारी खोज्दै कतार पुगेका नेपालीहरुको अवस्था संगटिएको डकुमेन्ट्री “द डेजर्ट इट्स अस” प्रदर्शन गरिएको थियो। आफ्नो जाहान परिवारलाई चटक्क छोडी धन कमाउन सुनौलो सपना कतार पुगेका नेपालीहरुको दर्दनाक अवस्था हेर्दा हेर्दै धेरै दर्शक हलमा भक्कानिएका थिए।

कार्यक्रमको उद्धेश्यबारेको जिज्ञासामा भोलेन्टियर कोर्डिनेटर सन्दिप अधिकारीले विश्वकै एक सुन्दर देश नेपालको कला संस्कृति, भेषभूषा, रितीरिवाज, तथा प्राकृतिक देन बारे विश्ब समुदायलाई जानाकारी गराउनु रहेको बताए। सहभागीहरुलाई आयोजकले निशुल्क खाना तथा मेहन्दी उपलब्ध गराएका थिए।





Comments

comments

3186