नेकपामा ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने

नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने भएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ

असोज ६ र ७ गते काठमाडौं हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबरो जानकारी गराउने तयारी भएको विभागका प्रमुख ईश्वर पोखरेलले बताए।

सम्मेलनको तयारीका लागि चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि बुधबार आइसकेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सम्मेलन उद्घाटन गर्नेछन् । सोङ शानिबार नेपाल आउँदैछन्।

त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, उनीहरुको वैचारिक रानीतिक कार्यपत्र प्रस्तुत हुने नेपकपा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए।

पौडेलका अनुसार सम्मेलनमा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुईवटा प्रतिवेदन प्रस्तुत हुनेछ । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन्।





Comments

comments

31961