Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

क्रूर बन्दै समाज, आफन्तबाटै हत्या र बलात्कार

काठमाडौं, २४ मंसिर। पछिल्लो समय बढेका अपराधले नेपाली समाज क्रूर र निर्दयी हुँदै गएको देखाएको छ। नजिकका आफन्तबाट नै हत्या र बलात्कारका घटना बढ्न थालेका छन्।

काठमाडौंको डल्लुमा सोमबार दिउँसो अत्यन्तै क्रूर तरिकाले एक युवकले एक वृद्दाको हत्या गरेका छन्। प्रहरीका अनुसार काभ्रे घर भई डल्लु बस्दै आएका छिरिङ लामाले योजनाबद्द रुपमा पशुलाई जस्तै गरी हजुरआमा दामु तामाङको घाँटी काटेर हातमा टाउको बोकेर हिँडेका हुन्।

उपचारका लागि काठमाडौं आएकी दामुले आफूलाई ठूला आँखा बनाएर हेर्ने गरेको र भूतजस्तै लाग्ने गरेकाले त्यसरी हत्या गरेको छिरिङले बयान दिएका छन्।

डल्लु घटनाको २४ घन्टा नबित्दै उदयपुरमा मंगलबार बिहान यस्तै घटना भयो सामान्य विवादमा उदयपुर बेल्टारका कमानसिंह राईले बाँसको चिर्पटले टाउकोमा हानेर हजुरआमाको हत्या गरे।

प्रहरीले मोरङमा आफ्नै श्रीमानको हत्या गर्न लगाउने देउमाया कटवाललाई सोमबार पक्राउ गरेको छ। सम्पत्तिको लोभमा उनले अपराधीलाई ५० हजार रुपैयाँ दिएर श्रीमानको हत्या गर्न लगाएको अनुसन्धानपछि खुलेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

मोरङमै आइतबार एक व्यक्तिले छोराछोरीलाई रुखमा झुन्ड्याएर हत्या गरेपछि आफैंले आत्महत्या गरेका थिए। प्रहरीका अनुसार श्रीमतीले छाडेर गएपछि मोरङ बेलबारीका तालाजुन राईले यसरी छोराछोरीको हत्या गरी आत्महत्या गरेका थिए।





Comments

comments

3212