Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

न्युयोर्कमा महिला अधिकारकर्मी डा. परियारको कृति ‘सम्बन्ध’ लोकार्पण

विजय थापा / एचकेनेपाल डट कम-
समाजसेवी तथा महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानर्थ बिद्या वारिधि)को घरेलु हिंसाबाट पीडित नेपाली नारीहरुको सत्य घटनामा आधारित कृति ‘सम्बन्ध’ को लोकार्पण गरिएको छ।

परियारको सम्बन्ध पुस्तक घरेलु हिंसाबाट पीडित नारीहरुको उन्मुक्ति कथा हो भने कुल १ सय ४० पृष्ठ रहेको छ। पुस्तक समाजसेवीको आफनै संस्था एड्वन नेपाल प्रकाशक रहेको छ।

लेखिका परियारले उक्त पुस्तक आफूलाई धर्तीमा जन्म दिई सक्षम र शिक्षित नगरिक बनाउने आफ्ना माता पिता घरेलु हिंसाबाट पीडित महिलाप्रति समर्पित गरेकी छन्।

‘सम्बन्ध’ को लोकार्पण प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नायब प्रतिनिधि सेवा लम्साल अधिकारी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति उत्तर अमेरिका उपसंयोजक सोनाम लामा, गैर मुनाफा सामाजिक संस्था अधिकारकी नर्बदा छेत्री, नायिका कृष्टि मैनाली, तुलसी देबि पन्थी, युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर, लेखिका डा. बिष्णुमाया परियार तथा लेखिकाकी दिदी सिता परियारले संयुक्त रुपमा गरेका थिए।

लोकार्पण कार्यक्रम अमेरिकाको न्युजर्सीबाट संचालित युएस नेपाल अनलाइन डट कमको ७ औं वार्षिकोत्सबमा गरिएको हो। सोही अवसरमा युएस नेपाल अनलाइन डट कमका प्रधान सम्पादक प्रदीप थापा मगरद्वारा सम्पादित ‘नेपाली बर्ष पुस्तक २०१४-१५’ वरिष्ठ अभिनेता रामराज क्षेत्रीद्वारा लिखित ‘कल्प तृष्णा कथा संग्रहको पनि लोकार्पण गरियो। उक्त अवसरमा विशिष्ट अतिथि सम्मानद्वारा वरिष्ठ नायिका कृष्टि मैनालीलाई गरिएको थियो।

पुस्तकमा निता, माया तथा प्रभा नाम भएका महिला पात्रहरुले भोगेका पीडा र व्यथाका सत्य घटनाहरु लेखिकाले ब्याख्या गरेकी छिन्। उक्त पुस्तकको मुल्य अमेरिकामा $ ५ डलर तथा नेपालमा १ सय पचास रुपैयामा उपलब्ध छ।





Comments

comments

3217