गलत रगत चढाइँदा मृत्यु: परिवारले अझै न्याय पाएनन्

फाइल फोटो

गलत रगत चढाउँदा ज्यान गुमाएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति साहका आफन्त न्याय माग्दै प्रहरी, मानवअधिकार आयोगदेखि अदालतसम्म धाइरहेका छन्।

तर, घटनाको ६ महिना बितिसक्दा पनि साहका परिवारले न्याय पाएका छैनन्।

मुटुको समस्या भएर गत वैशाख १३ गते बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पताल भर्ना भएकी साहको १७ गते शल्यक्रिया भएको थियो। वैशाख १३ गते अस्पतालले बालिकाको मृत्यु भएको घोषणा ग¥यो।

तर, बालिकाको आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘ओ’ पोजेटिम रगत समूह भएकी बालिकालाई ‘ए पोजेटिभ’ रगत चढाइएको थियो। यो समाचार कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेकी छिन्।





Comments

comments

32381