दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ

फाइल फोटो

तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन।

नेपाल ट्रष्ट ऐनले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको सम्पत्तिलाई शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गर्ने स्पष्ट व्यवस्था गरेको छ।

नेपाल ट्रष्टको कार्यालय गठन गरी तत्कालीन राजपरिवारको नाममा रहेका सम्पत्तिलाई नेपाल सरकार मातहत ल्याउने कार्य थालिएको १२ वर्ष भइसकेको छ । यसरी प्राप्त सम्पत्तिबाट आर्जन भएको करिब ७५ करोड रुपियाँ ट्रष्टको नाममा विभिन्न बैङ्कमा राखिएको छ भने ब्याज र भाडाबापत बर्से्नि करिब नौ करोड रुपियाँ आर्जन भइरहेको छ।

कानुनतः नगद सम्पत्ति सार्वजनिक हितमा प्रयोग गर्ने व्यवस्था सुरुदेखि नै भए पनि त्यस क्षेत्रमा हालसम्म खर्च गरिएको छैन।

नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने, “पहिले सञ्चालक समिति ठूलो थियो, बैठक बस्नै मुस्किल हुन्थ्यो। बल्ल छरितो सञ्चालक समिति पाएका छौँ । अब सम्पत्तिको प्रयोग गर्ने बारेमा अगाडि बढ्छौँ। ” विगतमा १३ सदस्यीय रहेको नेपाल ट्रष्टको सञ्चालक समिति अब सात सदस्यीय बनेको छ।

विगतमा सबै सदस्यलाई जुटाउन निकै हम्मे पर्ने गरेको ट्रष्टका कर्मचारी बताउँछन् । गत वैशाख १७ गते नयाँ सञ्चालक समिति पाएको ट्रष्टको हालसम्म दुई वटा बैठक बसेको थाहा भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32387