तीन विदेशी एयरलाइन्स थपिए…

फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने विदेशी एयरलाइन्सको संख्या ३१ पुगेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले भारतको ‘स्पाइसजेट’ कुवेतको ‘जजिरा एयरवेज’ र भारतकै ‘एयर भिस्टारा’लाई नेपाल उडानको अनुमति दिएपछि काठमाडौँबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स ३१ पुगेका हुन्।

यसअघि २८ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्थे । मन्त्रालयको अनुमति लगतै नागरिक उड्डयान प्राधिकरणले कुवेतको जजिरा एयरवेजलाई सातामा ७ वटा उडान अनुमति दिइसकेको विमानस्थलका एक अधिकारीले बताए । जजिराले हरेक दिन दिउँसो ४ः२० बजे उडान गर्नेछ । भारतको स्पाइसजेट र भिस्टाराले उडान तालिका पाइसकेका छैनन्। यो समाचार कान्तिपुर दैनिकमा छ।





Comments

comments

32418