नेपाली सेनाको नयाँ विमान आज आउँदै

नेपाली सेनाको विमान

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान काठमाडौँ आइपुग्दै छ। सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो।

सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो । सेनाका अनुसार, विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौँका लागि उडेको छ । विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँंग ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड रुपियाँ) सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो विमान बहुउपयोगी छ । विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधा समेत सञ्चालन गर्न सकिने जनाइएको छ । नेपाली सेनासँंग हाल १२ वटा सञ्चालनमा र १५ वटा ग्राउन्डेट गरी २७ वटा हवाई साधन छन् । यो समाचार गोरखापत्रमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32481