Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

शिवम् सिमेन्ट लिटिल च्याम्पको उपाधि विपिका कायस्थलाई

सागरराज तिमिल्सिना / एचकेनेपाल डट कम –
पोखरा, २८ मंसिर। पोखरामा सम्पन्न तेस्रो शिवम सिमेन्ट लिटिल च्याम्पको उपाधि विपिका कायस्थले जितेकी छन्। पोखराको प्रतिभा उच्च माविमा कक्षा ५ मा अध्ययनरत कायस्थले अन्य प्रतियोगिलाई पछि पार्दै उपाधि जितेकी हुन्। उनले उपाधि सहित नगद २० हजार रुपैया र अन्य गिफ्ट ह्याम्पर जितेकी हुन्।

त्यसै गरि फस्ट रनरअफ कुमुदिनी होस्सको कक्षा ४ मा अध्ययनरत सम्यमं मल्ल, सेकेन्ड रनरअफ प्रतिभा उच्च मावि कक्षा ५ मा अध्ययरत नियुक्ती केसी र भ्युवर च्वाइस माउण्ट अन्नपुर्ण कक्षा तीनमा अध्ययनरत याङ्गजीना लामाले उपाधि जिते। उनीहरुले नगद र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन्।

प्रथा मल्टिप्रपोज सर्भिसेस प्रालिले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले लिटिल च्याम्पको तेस्रो संस्करण गरेको थियो। मंसिर ६ गते सुरु गरिएको अडिसनमा आएका ५० बालबालिकाबाट २२ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए। प्रतिस्पर्धी २२ जनामध्ये १७ जना बालिका र ५ जना बालक थिए। पोखराभित्रकै ९ वटा विद्यालयका बालबालिका प्रतियोगितामा सामेल भएका थिए। पोखरा चिप्लेढुंगाको क्याफे डी गार्डेनमा उनीहरुको तालिम लिएका थिए।

शिवम् सिमेन्ट लिटिल च्याम्प २०१४ को व्यवस्थापन ‘टिम ब्लु कार्पेट’ले गरेको थियो। प्रतियोगिताको मुख्य प्रायोजक शिवम् सिमेन्ट हो। प्रतियोगितामा मुख्य उपाधि लिटिल च्याम्प २०१४ सहित २२ विधामा पुरस्कृत भएका छन्। प्रतियोगिताका विजेतालाई शिवम् सिमेन्ट प्रतिनिधि निखिल अग्रवाल, आयोजक संस्था प्रथाकी प्रबन्ध निर्देशक शारदा गुरुङ, आर यमसि पोखराका सञ्चालक अजुर्न थापालगायतले नगद तथा गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।





Comments

comments

3274