आहा ! रारा ! गोल्डकप पोखरा रंगशालामानै हुने निश्चित

फोटोः सुदर्शन रञ्जित

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –

पोखरा, सहारा क्लव पोखराले आयोजना गर्ने १८ औं संस्करणको आहा आहा ! रारा ! गोल्डकप पोखरा रंगशालाको फुटवल स्टेडियममा हुने निश्चित भएको छ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि आहा ! रारा ! गोल्डकपको रुपमा सवैभन्दा ठूलो फुटबल प्रतियोगिता निर्माणाधिन स्टेडियममा हुन लागेको हो।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले आहा ! रारा ! गोल्डकप पोखरा फुटबल स्टेडियममानै हुने बताएका छन। उनको भनाई संगै १८ औं आहा आहा ! रारा ! गोल्डकपले पोखरा फुटबल स्टेडियममानै निरन्तरता पाउने भएको हो।

कार्यक्रमपछि पोखरा रंगशाला निरिक्षणमा रहेका सदस्य सचिब सिलवालले स्टेडियम निर्माण कम्पनी एमए कन्सट्रक्सन प्राली र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका प्राविधिकहरु संग फागुन २२ गते सम्म के कति काम सम्पन्न हुने हो भन्ने बारे समेत जानकारी समेत लिएका छन।

निर्माण कम्पनीका प्राविधिकका अनुसार फागुन २२ गते सम्म १३ हजार ७ सय सिट बस्न लायक हुने इन्जिनियर पुरोषोत्तम बरालले जानकारी दिएका छन । फागुन २२ सम्म १२ वटा शौचालय प्रयोग गर्न सकिने भए पनि चेन्जिङरुम भने निर्माणाधिन अवस्थामा रहेको बरालले बताए । फागुन २२ गते सम्म १६ हजार ५ सय पूर्ण क्षमतामा बने पनि करिब ३ हजार सिट प्राविधिकहरुले अन्तिम निर्णय नगरेसम्म बस्न पाइने नपाइने उनले बताए।

पोखरा फुटबल स्टेडियमको कुल क्षमता १६ हजार ५ सय भएपनि त्यसलाई बढाएर २० हजार दर्शक क्षमताको बनाउने लक्ष्य रहेको सदस्य सचिब सिलवालले बताए । ‘अव पोखरा रंगशालाको फुटबल स्टेडियम देशकै ठूलो स्टेडियम बन्नेछ’ उनले भने–‘राती पनि खेल्न सकिने गरि यहाँ फल्ड लाइट सहित सबै व्यवस्था गर्न मैले भनेको छु ।’ उनले पोखरा स्टेडियममा कुनै पनि अन्तर्राष्ट्रिय क्षमताको फुटबल प्रतियोगिता हुने गरि तयार गरिन लागेको बताए।

पोखरा फुटबल स्टेडियममा करिब ५० जना अपाङगता भएका दर्शकहरुलाई समेत बस्ने व्यवस्था हुनेछ । अपाङ्गता भएका व्यक्तिहरुले समेत फुटबल खेलको रौनकलाई सजिलै संग हेर्न पाउने गरि पोखराको फुटबल स्टेडियमलाई डिजाइन गरिएको हो।

पोखरा फुटबल स्टेडियमका क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी लगाएतले सदस्य सचिब सिलवाललाई निर्माणका बारेमा जानकारी दिएका थिए।





Comments

comments

33928