कोरोनाबाट हङकङमा थप एक जनाको निधन

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ जुलाई। कोविड १९ (कोरोना) संक्रमणबाट हङकङमा सोमवार थप एक जनाको निधन भएको छ।

निधन हुनेमा त्सज वान शानस्थित वृद्ध स्याहार केन्द्रकी ९५ वर्षीया महिला रहेकी छन्।

फाइल फोटो

पामेला यूडे नेदरसोल इस्टर्न अस्पतालका प्रवक्ताले महिलाको उपचारको क्रममा साँझ साढे ६ बजे निधन भएको पुष्टि गरेका छन्। उनी दीर्घकालीन रोगबाट ग्रसित थिइन्। उनलाई १० जुलाईमा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले बिरामीको मृत्युप्रति दु:ख व्यक्त गर्दै परिवारलाई उचित सहयोग प्रदान गर्ने जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट निधन हुनेको संख्या ८ पुगेको छ। सोमवार थप ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमितमध्ये ४१ जना स्थानीय र ११ जना आयातीत रहेका छन्। यससंगै हङकङमा कोरोना संक्रमितको संख्या १,५२२ पुगेको छ।





Comments

comments

37585