Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सरकारद्वारा ‘टेलिमेडिसिन’ सेवा शुरु – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

सरकारद्वारा ‘टेलिमेडिसिन’ सेवा शुरु

काठमाडौँ, कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको छ।

मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति ( फोकल पर्सन) तोकी सो सेवा शुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को व्यवस्थापनमा कुनै समस्या परेमा ती तोकिएका फोकल पर्सन चिकित्सकसँग अन्य चिकित्सकले फोन, इमेल र एसएमएसमार्फत परामर्श लिने बताउनुभयो।

फाइल फोटो

“कोभिड–१९ उपचार व्यवस्थापन सम्बन्धमा प्रदेशभित्रका अस्पतालका चिकित्सकले सम्बन्धित प्रदेशको टेलिमेडिसिन हब अस्पताल र प्रदेश हब अस्पतालका चिकित्सकले केन्द्रीय हव अस्पताका चिकित्सकसँग परामर्श लिन सक्ने छन्,’’ उहाँले भन्नुभयो।

रासस





Comments

comments

39196