Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पतिलाई बचाउन आफैलाई बेचिन् मनिताले

काठमाडाैं, १३ माघ। नुवाकोटकी मनिता तामाङ (नाम परिवर्तन) का पतिविरुद्द मानव बेचबिखनको मुद्दा लगाइएको छ। पतिलाई गाउँकै एक महिला रोमा तामाङ (नाम परिवर्तन) ले फसाएको भन्दै मनिताले रोमा र पतिलाई फसाउन उनीसँग मिलेमतोमा रहेका सबैमाथि बदला लिने विचार गरिन्।

उनले पतिको मुद्दाको पूर्ण विवरण पढेर पीडकमाथि उल्टो जाल थाप्ने निर्णय गरिन्। सोहीअनुसार उनी दुई वर्षीया छोरी लिएर दिल्ली पुगिन्। त्यहाँको फुटपाथमै एक रात बिताइन्। पछि सुनौली आएर त्यहाँको माइती नेपालमा आफूलाई दिनेश तामाङ (नाम परिवर्तन) भन्ने व्यक्तिले दिल्लीमा लगेर बेचेको भन्दै उजुरी दिइन्। दिनेश पनि उनका पतिलाई फसाउनेमध्ये एक थिए, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

पतिलाई फसाउने दिनेशविरुद्द बदला लिनकै लागि मनिताले करिब १० हजार रुपैयाँ खर्च गरेर आफू स्वयं दिल्ली पुगेर बेचिएकी थिइन्। ‘मेरो निर्दोष पतिलाई बचाउन मैले मुद्दा विवरण पढेपछि दिल्लीमा बेचिँदा कस्तो हुँदोरहेछ भन्ने बुझ्न र पीडकलाई फसाउन त्यसो गरेकी थिएँ’,मनिताले भनिन्।

बीबीएस पढ्दै गरेकी मनितालाई त्यहाँबाट काठमाडौं माइती नेपालमा पठाइयो। यहाँ आएर बौद्ध प्रहरीमा उजुरी दिइयो। दिनेश पक्राउ परे। मनिताले बदला लिनकै लागि आफू बेचिएको नाटक गरेकी हुन् भन्ने थाहा भयो। उनले गल्ती गरे पनि निर्दोष पतिलाई बचाउन भनेपछि प्रहरीले उनलाई सम्झाएर पठायो।

उनका पति नेपाली कांग्रेसका सकृय कार्यकर्ता र दिनेश माओवादीका। राजनीतिक रिसीबीइका कारण पतिलाई फसाएको उनको आरोप छ। उनका पति हाल सुन्धारास्थित कारागारमा छन् भने मनिता माइति नेपालमा। उनी पतिलाई झुठो आरोपबाट कसरी मुक्त गर्न सकिन्छ भन्नेमा लागिपरेकी छन्।





Comments

comments

3947