Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अपहरणपछि बालकको हत्या

कलैया, १३ माघ। कलैया नगरपालिका वडा नं ५ बस्ने मोतीलालप्रसाद साहका चार वर्षीय छोरा आशीषकुमार साहलाई गएराति अज्ञात व्यक्तिले अपहरण गरी हत्या गरेको छ।

गएराति करिब १० बजे आमा छिमेकीको घरमा गएका मौका छोपी अज्ञात व्यक्तिले बालकको अपहरण गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बालकको खोजी गर्ने क्रममा घरदेखि केही टाढा टाँगा स्टेन्डनिर गम्भीर घाइते र अचेत अवस्थामा फेला परेका बालकको उपचारका क्रममा वीरगन्ज उपक्षेत्रीय अस्पतालमा राति ११ बजे मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ। (रासस)





Comments

comments

3965