प्रधानमन्त्रीकै ‘छोरी’लाई पढ्न सकस

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा ठिल्लेसाङमु लामा ७ पुगेर ८ वर्षमा टेक्दै थिइन्। अहिले उनी १० वर्षकी भइन्।

मुगुम कमारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो अवधिमा प्रधानमन्त्रीको चेली भन्न मिल्ने गरी केही परिवर्तन देखिँदैन । उनको न त व्यक्तिगत लवाइखवाइमा फरकपन आएको छ न त पारिवारिक नै।

कर्णाली पर्यटन महोत्सव उद्घाटनको अवसरमा २०७५ वैशाख १ मा रारा पुगेका प्रधानमन्त्री ओलीले ठिल्लेसाङमुको अभिभावकत्व दिँदै विद्यालय भर्ना गराउँदा आमा छिजु तामाङलाई अब छोरीको भविष्य बन्ने भयो भन्ने लागेको थियो । प्रधानमन्त्रीले छोरीलाई कम्तीमा माध्यमिक तहसम्म पढाउने सहयोग गर्लान् भन्ने उनमा अपेक्षा थियो।

फाइल फोटो

‘एक पल्ट आएर भर्ना गराइदिनुभयो,’ उनले भनिन्, ‘त्यसपछि कुनै चासो दिनुभएको छैन ।’ उनका अनुसार प्रधानमन्त्री ओलीले ठिल्लेसाङमुलाई काम लिँदै माध्यमिक तहसम्म पठनपाठनको सबै खर्च आफले बेहोर्ने वचन दिएका थिए । त्यसपछि ओलीले छोरीको अवस्थाबारे कुनै माध्यमबाट चासो नलिएको उनले गुनासो गरिन्।

आजको कान्तिपुर दैनिकमा समाचार छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39604