Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोरोनाबाट थप २ जना नेपालीको निधन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कोरोनाबाट थप २ जना नेपालीको निधन

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा २ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३५ जना पुगेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १ सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७२ हजार ६ सय १४ जना छ भने २ लाख ६८ हजार ९ सय २९ जना अर्थात ९८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

धमाधम खोप लगाउँदै

पछिल्लो समय अमेरिकामा ५ हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर, नर्स, जेष्ठ नागरिक र पहिले कोराना संक्रमण भइसकेकाहरुले खोप लगाएका हुन् । यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन् । डा. बोधराज सुवेदीका अनुसार यूरोपमा २ हजार ५ सय नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसैबीच विभिन्न चिकित्सकिय अध्ययनले कोरोनाको नयाँ भेरियन्टको संक्रमणमा पनि हाल बजारमा आएका खोपहरु प्रभावकारी रहेको बताएका छन्।

फाइल फोटो




Comments

comments

40641