हङकङ कोरोना न्युज अपडेट : थप २२ जनामा कोरोना सङ्क्रमण, १ को मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ फेब्रुवरी। सेन्टर फर हेल्थ प्रोटेशनले पछिल्लो २४ घण्टामा हङकङमा थप २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ।

संक्रमितहरुमध्ये १७ स्थानीय र ५ जना आयातित रहेका छन्। आयातित संक्रमितमध्ये ३ फिलिपिनो घरेलु सहयोगीहरू, १ इन्डोनेसियाली घरेलु सहयोगी र १ जना पाकिस्तानबाट फर्केका रहेका छन्।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,००६ पुगेको छ।

संक्रमितहरुमध्ये १३ पुराना केससंग संबन्धित छन् भने ४ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा १ देखि ७१ वर्ष उमेर बीचका १० पुरूष र १२ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म १०,५३६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २१८ जनाको उपचार भइरहेको छ। १७ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट ७३ वर्षीय पुरुष बिरामीको उपचारको क्रममा गएराति मृत्यु भएको छ। यससंगै कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या १९९ पुगेको छ।

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

40854