हङकङ कोरोना न्युज अपडेट : ८ आयातितसहित १२ सङ्क्रमित थपिए, थप १ को मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ मार्च। सेन्टर फर हेल्थ प्रोटेशनले पछिल्लो २४ घण्टामा हङकङमा १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ। यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,४१० पुगेको छ।

संक्रमितहरुमध्ये ४ स्थानीय र ८ जना आयातित रहेका छन्। आयातित सङ्क्रमितहरुमा फ्रान्स, इन्डोनेशिया, पाकिस्तान र फिलिपिन्सबाट आएका रहेका छन्।

सङ्क्रमितहरुमध्ये ३ पुराना केससंग संबन्धित छन् भने १ जनाको संक्रमणको स्रोत खुलेको छैन। थप ३ सङ्क्रमितहरुमा अरसस फिट्नेससंग सम्बन्धित रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म १०,९३६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २२७ जनाको उपचार भइरहेको छ। १० जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट आज थप १ एक जना ८९ वर्षीय जेष्ठ नागरिकको मृत्यु भएको छ। यससंगै कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०४ पुगेको छ।

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

41186