हङकङ कोरोना न्युज अपडेट : लोकल केस १ मात्र…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ मार्च। हङकङमा आज सोमवार स्थानीय कोरोना सङ्क्रमित १ जना मात्र थपिएको छ।

यद्यपि २४ घण्टामा हङकङमा ७ जना आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,४५५ पुगेको छ।

आयातित सङ्क्रमितमा फिलिपिन्सबाट आएका ५ जना, टर्कीबाट आएका १ जना र अमेरिकाबाट आएका १ जना रहेका थिए।

स्थानीय सङ्क्रमितमा ब्याप्टिस्ट विश्वविद्यालयका २२ वर्षीय विद्यार्थी रहेका छन्। उनी पुगेका ३ वटा भवनका सबै जनाले अनिवार्य भाइरस परीक्षण गर्नु पर्ने भएको छ। त्यस्तै, उनी पुन यू एसोसिएसन वाह यान प्राथमिक विद्यालयमा फुटबल कोच पनि हुन्। लगभग १० जना त्यस विद्यालयका साना विद्यार्थीहरू र ३ जना प्रशिक्षकहरू क्वारान्टिनमा बस्नु पर्ने भएको छ। उनको सङ्क्रमणको स्रोत खुल्न सकेको छैन।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,०४० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १६४ जनाको उपचार भइरहेको छ। १० जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ।

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

41286