Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
भारतबाट ‘श्री ५’ कै रुपमा निम्ता… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

भारतबाट ‘श्री ५’ कै रुपमा निम्ता…

विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थान गर्ने भएका छन्।

हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्। गत शिवरात्रिका अवसरमा पहलिो मेला सम्पन्न भएको थियो चैत ३० गते आयोजना हुने महामेलामा शाही स्नानका निम्ति मौसुफलाई महामण्डलेश्वरबाट विश्व हिन्दू सम्राट श्री ५ बडामहाराजधिराजका रुपमा निमन्त्रणा प्राप्त भएको हो।

फाइल फोटो

आचार्य मण्डलेश्वरका तर्फबाट निमन्त्रणा लिएर उनका प्रतिनिधि राजभवन निर्मल निवासमा आएका थिए।

भारत सरकारद्वारा ‘रिकग्नाइज्ड’ उक्त महामेलामा राष्ट्रिय स्वयंसेवक (RSS ) का प्रमुख मोहन भागवत लगायत कैयन् दिग्गजहरुको समेत सहभागिता रहने बुझिएको छ।

यो समाचार आजको घटना र विचार साप्ताहिक पत्रिकामा छ।





Comments

comments

41391