हङकङ कोरोना न्युज अपडेट : १३ सङ्क्रमित थपिए, १० आयातित…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ अप्रिल। हङकङमा आज मंगलवार १० आयातित र ३ स्थानीय गरी १३ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,६०८ पुगेको छ।

आयातित सङ्क्रमितमा पाकिस्तानबाट ४, भारतबाट १, इन्डोनेसियाबाट २, फिलिपिन्सबाट २ र जापानबाट आएका १ जना रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,२२७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३० जनाको उपचार भइरहेको छ। ७ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ।

फाइल फोटो




Comments

comments

41475