Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अर्बपतिको छोराको बिहेमा को–को ?

काठमाडौं, माघ २६ – विश्वकै धनाढ्यको सूचीमा रहेका नेपालका अर्बपति उद्योगपति बिनोद चौधरीका माइला छोराको बिहे प्रकरण भारतीय सञ्चारमाध्यमहरुमा पनि छोएको छ।

भारतीय सञ्चारमाध्यमहरुले विनोद चौधरीका माइला छोराको बिहेको समाचार प्रकाशन तथा प्रशारण गरेका छन्। राहुलको बिहे भारतको प्रतिष्ठित व्यापारिक घरानाकी छोरी सुरभी खेतानसँग भएको समाचार आज साँघु साप्ताहिकले छापेको छ।

जयपुरको रंगबाघ होटलमा भएको बैबाहिक समारोहमा दक्षिण एशियाका केही चर्चित उद्योगी, नेता तथा बलिउडका चर्चित कलाकारका साथै गैरआवासीय भारतीयहरु सहभागी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

चौधरीले मुम्बईका चर्चित औद्योगिक घरानासँग पारिवारिक सम्बन्ध गाँसेका हुन्।





Comments

comments

4179