हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, आयातित सङ्क्रमित २ मात्र…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ मे। सेन्टर फर हेल्थ प्रोटेशनले आज स्थानीय सङ्क्रमित नथपिएको जनाएको छ। आयातित सङ्क्रमित भने २ जना महिला थपिएका छ्न्।

उनीहरु फिलिपिन्स र इन्डोनेसियाबाट आएका ४२ र ३२ वर्षीया महिला रहेका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७९९ पुगेको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४६८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ८८ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

42022